प्रधानन्यायाधीश सीमा भित्र बस्नुपर्छ : सभामुख

काठमाडौं– सभामुख ओनसरी घर्तीले सबै निकाय कानूनले तोकेको सीमा भित्र बस्नुपर्ने बताउनुभएको छ । घर्तिले संसदमा प्रवेश गरेको महाअभियोगको प्रस्ताव संसदको विषेशाधिकारभित्र पर्ने भन्दै सबै आफ्नो सिमाभित्र बस्नुपर्ने बताउनुभएको छ ।

संसद भवनमा विशेष पत्रकार सम्मेलन गर्दै सभामुख घर्तिले संसदमा प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको अहाअभियोग संसदमा छलफलकै क्रममा रहेको र त्यो विषय संसदको विषेशाधिकारभित्र पर्ने बताउनुभयो । उहााले मुलुकको परिस्थिति अत्यन्तै गम्भीर रहेकाले संविधानले कार्यपालिका , व्यवस्थापिका र न्यायपालिकाको क्षेत्राधिकार संविधानमै व्यवस्था भएकाले सबै आफ्नो सिमाभित्र बस्नुपर्ने बताउनुभयो । सभामुख घर्तीले जटील राजनीतिक अबस्था आएको र चुनाव समेत नजिकिदै गएको भन्दै वार्ता र सम्बादमार्फत् समस्या समाधान गर्न संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको जानकारी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया