घाम डुब्नुअघि गजल सञ्चयन लोकार्पण

पोखरा । गजल सन्ध्या पोखराद्वारा प्रकाशित तथा आयोजित कार्यक्रम शनिवार क्याफे डी गार्डेनको सभाकक्षमा गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष तथा मानार्थ आजीवन सदस्य गजलकार दिलिप दोषीको गजल सञ्चयन घाम डुब्नुअघि को प्रमुख आमन्त्रित व्यक्तित्व हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा नेपाल लेखक संघका केन्द्रिय सचिव श्री पुष्प अधिकारी अञ्जली तथा गजलकार दिलिप दोषीका नातिनी एनाया जोशीले एक कार्यक्रमका विच लोकार्पण गर्नु भयो ।
उक्त कार्यक्रममा गजलकार दिलिप दोषीको स्वर्गिय छोरी आर्जना श्रेष्ठ ब्रम्हलिन भएको ५ वर्ष पुरा भएर ६ वर्ष आरम्भ भएको छ । संजोगले आजकै दिन ९२०६९ वैशाख २३ गते० स्वर्गाहरण हुनु भएकोमा स्वर्गिय छोरी आर्जना श्रेष्ठ श्रद्धान्जलीका लागि एक मिनेट मौन धारण कार्यक्रम रहेको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कार्य समिति सदस्य तथा ईन्सासका अध्यक्ष साधुराम लामिछानेले राख्नु भएको थियो । गजलकार दिलिप दोषीको व्यक्तित्व परिचय उनका बालसखा सिद्धार्थ क्लबका पूर्व अध्यक्ष तथा चित्रकार कृष्णप्रसाद मर्सानीले दिनु भएको थियो ।

घाम डुब्नुअघि गजल सञ्चयनका बारेमा समिक्षात्मक मन्तव्य साहित्यकार असफल गौतमले राख्नु भएको थियो । उहाँले मन भित्रको पीडालाई आजको दिनमा सार्वजानीक गरिनु संयोग मात्र नभएर छोरी आर्जना प्रतिको सच्चा श्रद्धाञ्जली रहेको र केही भाषागत त्रुटी मात्र रहेको उक्त गजल सञ्चयन नेपाली गजलको ईतिहासमा एउटा सुन्दर भविश्यको बाटो कोर्न सक्ने बताउनु भयो ।

उक्त कार्यक्रममा समर्पण साहित्य परिषद भरतपुर चितवनका अध्यक्ष तथा गजलकार उषा विष्णु तिवारी उषाले घाम डुब्नुअघि गजल सञ्चयनका एक गजल गायन र दुइ गजल वाचन गर्नु भएको थियो । मुक्तक मञ्च पोखराका अध्यक्ष सरला लामिछाने सरुले पनि घाम डुब्नुअघि गजल सञ्चयनबाट दुइ गजल वाचन गर्नु भएको थियो । सोही कार्यक्रममा गजल सन्ध्या पोखराका सल्लाहकार तथा नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो भने गजलकार दिलिप दोषीका माइला भाई राजेन्द्र कुमार श्रेष्ठले उक्त सञ्चयन र दाइका बारेमा हाम्रो परिवारमा एउटा घाम डुवेको दिन, हामीलाई एकदम पीडा भएको छ भनेर आँसु खसाल्दै गर्दा सभाकक्षमा रहनु भएका सबैजना स्तव्ध र सन्नाटा छाएको थियो । मञ्जुश्री असहाय संरक्षण केन्द्र चितवनका अध्यक्ष, मानवअधिकारकर्मी मञ्जु खाँडले बाबाको छोरी वितेर गएपनि उनीजस्ता छोरीहरुले गजलकार दिलिप दोषीको सपनालाई साकार पार्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने काठमाण्डौंका साहित्यकार दुर्गा तिवारीले यो गजल सञ्चयन अति राम्रो हुनुका साथै सबैले एक पटक पढनै पर्ने कुरामा जोड दिनु भएको थियो । गजलकार दिलिप दोषीका बालसखा, तथा बाराही ४० समूहका सल्लाहकार तथा हाडजोर्नीका चिकित्सक भरत बहादुर खत्रीले दुःखद् समयमा रचना गरेको यस सञ्चयनले सबैको मन जित्ने र छोरी आर्जनालाई सच्चा माया गरेको ठहर्ने बताएका थिए ।

गजल सञ्चयन घाम डुब्नुअघिका सर्जक गजलकार दिलिप दोषीले ५ वर्ष सम्मका जीवनका आरोह, अवरोह, दुःख, कष्ट, पीडा, आँसु र तापको संगम भएको र छोरी आर्जनालाई गुमाउँदा जीवनमा विश्राम लागेको वेला समयले बोलेका जीवनका भाकाहरुलाई समेलेर गजलको माला उन्दा रगतको आँसु खसेको जानकारी गराउनु भयो । उहाँले सेती बाढीको घटना कालान्तरमा गएर विर्सन सक्ने हुँदा त्यस घटनालाई बिर्सन नदिन पनि यस सञ्चयनको जन्म भएको बताउनु भयो । उहाँले यस गजल सञ्चयनलाई ताली होइन, सकेसम्म गाली र कडा प्रतिक्रिया दिनु भए आउँदा दिनहरुमा सच्चिएर आउने प्रण पनि गर्नु भयो । गजलकार दिलिप दोषीले आउँदो वर्ष एक मुक्तक सञ्चयन लिएर आउने समेत बताउनु भयो ।

प्रमुख आमन्त्रित व्यक्तित्व हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा नेपाल लेखक संघका केन्द्रिय सचिव श्री पुष्प अधिकारी अञ्जलीले गजलका एक अथक साधक, पोखराका गजलका माली दिलिप दोषीको गजल सञ्चयन लोकार्पण गर्न पाउनु जिन्दगीको थप समय साहित्यमा विताउने बताउनु भयो । यस सञ्चयनको विक्रीबाट जम्मा भएको रकम आर्जना फाउण्डेशनको अक्षयकोषमा वृद्धि गरी भविश्यमा आर्जना छोरीको नाममा साहित्यिक पुरस्कार स्थापना गर्नु पर्ने र यस सञ्चयनले थुप्रै संस्करण छापेर गजलको ईतिहासमा एउटा सुन्दर तथा सफल पुस्तकाकारका रुपमा आउने बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा प्रमुख आमन्त्रित व्यक्तित्वलाई सस्थाका अध्यक्ष विर्सना बस्नेतले मायाको चिनो प्रदान गर्दैै अग्रज गजलकार तथा संस्थापक अध्यक्ष, एक मात्र मानार्थ आजीवन सदस्य गजलकार दिलिप दोषीको गजल सञ्चयन प्रकाशन र लोकार्पण गर्न पाउँदा संस्था आफै सम्मानित भएको बताउनु भएको थियो । गजल सन्ध्या पोखराका अध्यक्ष विर्सना बस्नेत थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्थाका सह–सचिव के। आर। ढकालले सञ्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया