एन्जेलिना जोलीले चौथो विवाह गर्ने

एजेन्सी–विश्व सुन्दरी एन्जेलिना जोलीले चौथो विवाह गर्ने भएकी छिन् । पूर्व पति ब्राड पिटसँग छुट्टिएपछिको पीडालाई भुल्न उनले चौथो विवाह गर्न लागेको सञ्चार माध्यमले जनाएका छन् । पिटसँग अलग्एिपछि निकै नै कष्टकर जीवन बिताएकी उनले पीडालाई भुल्नका लागि बेलायती व्यापारीसँग डेट जाने गरेको हलिउड सञ्चार माध्यमले जनाएका हुन् ।

उनले विवाह गर्न लागेको व्यक्ति बेलायती व्यापारी तथा कुशल राजनीतिक पृष्ठभूमी भएका व्यक्ति रहेको खुलासा भएको छ । उनीहरूको भेट गत वर्ष लन्डनमा भएको थियो । त्यसपछि पनि धेरै पटक मालिबुमा उनीहरूको भेट भइसकेको बताइएको छ । जोली  ब्राडसँग छुटिएपछि मालिबुमा बस्दै आइरहेकी छिन् । पिटसँग अलग्गिए पनि छोराछोरीलाई भने आफूसׅँगै राख्नको लागि कानूनी लडाई लडिरहेकी उनी छोराछोरी नयाँ जीवनप्रति सकारात्मक हुने आशमा गरेकी छिन् ।

Published On:  597पटक हेरिएको

तपाईको प्रतिक्रिया