के हो बाहुबलीको खास वास्तविकता ?

बहुचर्चित बलिउड चलचित्र बाहुबलीको सिक्वेल चलचित्र बाहुबली–२ प्रदर्शनमा आएपछि यसले एक पटक फेरी फिल्मी जगतमा तरङग पैदा गरेको छ । बलिउड इतिहासमै प्रदर्शन अगावै विभिन्न रेकर्ड बनाउन सफल यस चलचित्रभित्र लुकेका केही भ्रम चिर्न खोजिएको छ ।  चलचित्र बाहुबली–२ विश्वका ९ हजार बढी स्क्रिनमा एकसाथ प्रदर्शन भयो । यस अघि बलिउड फिल्म ५ देखि ६ हजार स्क्रिनमा प्रदर्शन हुने गर्दथे ।

एस एस राजामौलीले निर्देशन गरेको यस फिल्ममा प्रभास, राणा दग्गुबत्ति, अनुष्का शेट्टी, तमन्ना भाटिया लगायतका कलाकारको अभिनय रहेको छ । जुन कलाकार बलिउडका निकै नै सफल कलाकार मध्ये गनिन्छन् । यही चलचित्र निर्माण युनिटले तयार पारेको पहिलो चलचित्र बाहुबलीमा भने काजल अग्रवालले अभिनय गरीकी थिइन् । जुन साउथ इण्डियन चलचित्रकै सफल अभिनेत्री पनि हुन् ।

बाहुबली चलचित्र चलचित्र प्रेमी अधिकांश दर्शकले हेरेको हुनुपर्छ । उक्त चलचित्रमा लुकेको कथालाई विकास गरी ‘बाहुबली द– कन्क्लुजन’ तयार पारिएको हो । कटप्पाले बाहुबलीलाई किन मारे ? यसको जवाफ ‘बाहुबली–द कन्क्लुजन’ हेरेपछि दर्शकले थाहा पाउने छन् ।

रिलिज पूर्व के कस्ता रेकर्ड बनायो ?
सबै भन्दा महंगो टिकट
यो सिनेमा हेर्नको लागि दर्शकले २४ सय रुपैयाँ सम्म खर्चिनु पर्‍यो । अहिलेसम्म कुनै पनि सिनेमाको टिकट यति महंगो रकममा बिक्री भएको छैन । यो दर लक्जरी टिकटको हो । दिल्लीको एक सिनेमा घरमा सिनेमाको टिकट दर २४ सय भारतीय रुपैयाँ तोकिएको थियो ।

९ हजार स्क्रिनमा रिलिज
संसारभरिका ९ हजार स्क्रिनमा एक साथ रिलिज भएको यस सिनेमाले सबैभन्दा धेरै स्क्रिनमा रिलिज हुने सिनेमाको रेकर्ड पनि बनाएको छ । यसअघि आमिर खानको ‘पिके’, ऋतिक रोशनको ‘ब्याङ ब्याङ’ ६ हजार स्क्रिनमा रिलिज भएका थिए भने ‘बाहुबली–द बिगिनिङ’ पनि जम्मा ६ हजार ५ सय स्क्रिनमा रिलिज भएको थियो ।

सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड
सिनेमाले हल र विदेश प्रदर्शनको अधिकार बेचेर ५ सय करोड भारतीय रुपैयाा कमाउँदै रिलिज पूर्व सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड पनि राखेको छ । सिनेमाको तमिल, तेलुगु, हिन्दी र अन्य केही भाषाको लागि वितरकहरुले मोटो रकम खर्चेका छन् । नेपालमा पनि यो सिनेमा ३ करोडमा किनिएको बताइन्छ ।

ट्रेलरले नै राख्यो रेकर्ड
सिनेमाको ट्रेलरलाई शुरुवाती २४ घण्टामा पाँच करोड भन्दा धेरै पटक हेरिएको थियो । यस सिनेमाको ट्रेलरले रजनी कान्तको ‘कबाली’ शाहरुखको ‘रईस’ र आमिरको ‘दंगल’ले राखेको रेकर्ड तोडेको हो । दर्शकका लागि पनि यो चलचित्र निकै नै प्रतिक्षित चलचित्र बनेको थियो ।

क्रोमाको कमाल, भ्रम र यथार्थ
अहिले चर्चामा रहेको बाहुबली–२ को पहिलो चलचित्र बाहुबलीमा आधार रहेर चलचित्रमा रहेका केही भ्रमहरु चिर्ने कोशिस गरिएको छ । जुन सबै दर्शकलाई थाहा नहुन पनि सक्छ । बाहुबलीले पनि बलिउड इतिहासमा विभिन्न रेकर्डहरु राखेको थियो । प्रदर्शनको पहिलो सातामा सबैभन्दा बढी कमाइगर्ने इतिहास रचेको थियो भने चलचित्रको सबैभन्दा ठूलो पोष्टर बनाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत नाम दर्ता गराएको थियो ।

चलचित्रमा भएका सीन, एक्सन, साउण्ड ईफेक्ट र कथावस्तुले दर्शकको मन जित्न सफल भएकोमा दुईमत छैन । यस चलचित्रमा भरपूर प्रविधिको प्रयोग गरिएको थियो । फिल्ममा देखाइएका एक्सनले सिनले जो कोहीलाई अचम्मित पारेको थियो । तर, त्यसको भ्रम र यथार्थलाई यस्तो थियो । 

फिल्मका कलाकार अग्लो–अग्लो पहाडमा उडेको, हाम फालेको देख्दा तपाई हामीलाई अचम्म लाग्नु स्वभाविक पनि हो । तर यो वास्तविकता नभई एउटा प्रविधिको प्रयोग मात्र हो । यस प्रविधिलाई क्रोमा गर्ने भनिन्छ । फिल्मका रहेको एउटा डरलाग्दो दृश्य थियो बच्चालाई हातमा बोकेर विशाल नदीमा बग्दै गरेको । यो दृश्य हेर्दा हेर्दा जो कोही लाई त्रसिद् बनाउनु स्वभाविक पनि थियो । किनकी यदी बच्चा कतै हातबाट छुट्यो भने के होला ? तर वास्तवमा यो पनि यस्तो प्रविधिकै कमाल हो । सुटिङको क्रममा त्यहा बच्चा नभई एउटा बोतल हातमा राखेर फिल्मको सुटिङ गरिएको छ । पछि भने बोतलको ठाउँमा बच्चा राखिएको हो । त्यस्तै, फिल्ममा अर्को भयानक दृश्य हात्तिसंगको फाइटको कमाल पनि हेर्न लायक थियो । हात्तिसंग लडाइ गर्नु सम्भव छैन । सबैलाई थाहा भएकै कुरा हो । यस्तो डरलाग्दो सिन देखाउन त्यहाँ एउटा हात्तिको स्ट्याचुमात्र राखिएको थियो । फिल्म सुटिङ गर्दा लगाइएको निलो तथा हरियो रंगको पर्दाको ठाउँमा भिडियो इफेक्ट राखेर फिल्म तयार पारिन्छ । पछिल्लो समय चलचित्रमा क्रोमाको अत्याधिक प्रयोग गर्ने गरेको पाइन्छ । पछिल्लो चलचित्र बाहुबली–२ मा पनि प्रविधिको प्रयोग व्यापक गरिएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया