अनुष्काले बङ्गाली अभिनेतासँग काम गर्ने

एजेन्सी–आफ्नै होम प्रोडक्सनमा बनेको फिल्म ‘फिल्लौरी’ मा पञ्जाबी अभिनेता दिलजीत दोसाँझसँग काम गर्ने अभिनेत्री अनुष्का शर्मा अब ‘परी’ फिल्ममा बंगाली अभिनेता परमब्रत चक्रवर्तीसँग काम गर्न तयार भएकी छिन् । अनुष्काको आफ्नै होम प्रोडक्सनमा बन्ने यो तेस्रो फिल्म हुनेछ । उनले आफ्नो जन्मदिनमा पारी फिल्म बनाउन लागेको कन्र्फम गरेकी थिइन् ।

परम बंगाली फिल्म उद्योगका परिचितत अभिनेता हुन् । यसअघि उनले बलिउडको ‘कहानी’ मा विद्या बालनसँग काम गरिसकेका छन् । उनले अनुष्काको फिल्ममा काम गर्न पाउׅँदा आफू अत्यन्त उत्साहित भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया