चुनाव प्रसार गर्न सामाजिक सञ्जालको प्रयोग

काठमाडौं–पछिल्लो समय राजनीतिक दल र उम्मेद्वारहरूले चुनाव प्रचार प्रसारका गतिविधिलाई मतदातासम्म पुर्‍याउन सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । दिनानोदिन फेसबुक, टिवटर जस्ता सामाजिक सञ्चालको प्रयोगकर्ताको संख्या बढेसँगै राजनीतिक दलका तीनका उम्मेद्वारहरूले सामाजिक सञ्चाललाई चुनाव प्रचार प्रसारको माध्यम बनाएका हुन् । राजनीतिक दलहरूले आफ्नो पार्टीको आधिकारिक वेवसाइटमार्फत पनि आफ्ना गतिविधिलाई बाहिर ल्याउने गरेका छन् ।

राजनीतिक दलहरूले पार्टीको वेवसाइटमा मार्फत आफ्ना पार्टीले गरेका कामहरू र घोषणापत्र लगायतका कुराहरूको जानकारी गराईरहेका छन् । अन्य बेला खासै अपडेट नहुने पार्टीका वेवसाइटहरू र फेसबुक पेज ट्विटर चुनावको बेला भने अपडेट हुने गरेका छन् । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले यतिबेला स्थानीय तहको चुनावलाई लक्षित गरेर आफ्नो वेवसाइट तथा फेसबुक पेज ट्विटर अपडेट गरेको छ । नेपाली कांग्रेसको वेभसाइटमा पार्टीको घोषणापत्र, चुनाव सम्बन्धी पार्टीका सूचनाहरू राखिएको छ ।

त्यस्तै दास्रो ठूलो दल नेकपा एमालले र तस्रो ठूलो दल माओवादी केन्द्रले पनि स्थानीय तहको चुनाव लक्षित गर्दै आफ्ना पार्टीका घोषणा पत्र, उम्मेद्वार र पार्टी सम्बन्धित सूचना पार्टीको वेवसाइट, फेसबुक पेज र ट्विटरबाट उपलब्ध गराइरहेका छन् ।

ठूला दललले मात्र हैन अन्य दलहरूले चुनावी प्रचार प्रसार र आफ्ना गतिविधिलाई वेवसाइट र सामाजिक सञ्चालबाट बाहिर ल्याएका छन् । नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील नेपाली दल लगायतका दलहरूले पनि चुनावी प्रचार प्रसारको लागि वेवसाइट र सामाजिक सञ्चालको व्यापक प्रयोग गरेका पाइन्छ । विभिन्न राजनीतिक दलका कार्यकर्ता र समर्थकहरूले पनि सामाजिक सञ्जालमा आ–आफ्नो पक्षमा माहोल तताएको देखिन्छ ।

तपाईको प्रतिक्रिया