जेव्राक्रसको समयमै मर्मत नहुँदा जोखिम बढ्दो

काठमाडौं– काठमाडौंका सडकमा काट्न सहज होस भनी पैदल यात्रीका लागि वनाईएको अधिकांश जेव्रा क्रस मेटिएका छन् । बाटो काट्नका लागि तय गरिएका जेब्रा क्रम मेटिएपछि सर्वसाधारणहरु जथाभावी वाटो काट्छन । यसरी बाटो काट्नु आफूहरुको रहर नभई बाध्यता भएको उनीहरुको प्रतिक्रिया छ । जेब्रा क्रस नभएकाले बाटो काट्दा त्राही त्राही भएर काट्नुपरेको सर्वसाधारको गुनासो छ ।


मेलम्ची खानेपानी आयोजनाको पाईप लाईन विच्छ्याउने काम भैरहंदा कतिपय स्थानको सडक खनिएकाले जेब्रा क्रस मेटिएको डिभिजन सडक कार्यालयको भनाई छ । सडक डिभिजन कार्यालयका अनुसार आगामी  २ साता भित्र राजधानीका सम्पुर्ण स्थानमा जेव्रा क्रस निर्माण सम्पन्न हुनेछन । काठमाडौमा १४५ स्थानमा जेव्राक्रस रहेको छ । जसमा करिव ६० भन्दा वढि स्थानका जेब्रा क्रम मर्मत गर्नुपर्ने देखिएको छ ।

Published On:  603पटक हेरिएको

तपाईको प्रतिक्रिया