काठमाडौं–गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिनुभएको छ । प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावमाथि असहमति जनाउदै निधिले राजीनामा दिनुभएको हो ।
महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका विमलेन्द्र निधिले महाभियोग पत्रबाट समेत हस्ताक्षर फिर्ता लिनुभएको छ ।
निधीले राजिनामा दिनुअघि मुख्य सचिव सोमलाल सुवेदीलाई फोन सम्पर्क गरी राजिनामा प्रक्रियाका विषयमा जानकारी लिइएको बताइएको छ ।