प्रधानन्यायाधीशलाई महाअभियोग लगाइएको प्रति एमाले रूष्ट

काठमाडौं–प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्ताधारी दलसँग रूष्ट भएको छ । एमालेले प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावलाई अधिनायकवादी कदमको संज्ञा दिएको छ । पार्टी संसदीय दलका उपनेता सुवाष नेम्वाङले सत्तारुढ कााग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधिश कार्कीमाथि महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेर स्वतन्त्र न्यायालय र सासहिक प्रधानन्यायाधिशमाथि ठाडो हस्तक्षेप गरेको प्रतिक्रिया पनि दिनु भयो ।

 उहाँले प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग नेपालको न्यायिक इतिहासकै दु:खद् घटना भएको पनि उल्लेख गर्नु भयो । उपनेता नेम्वाङले प्रधानन्यायाधिश कार्कीले न्यायालयमा देखाउनु भएको साहस र भ्रष्टाचार विरोधी गतिविधिलाईसहन नसक्नेहरुले उहाामाथि महाअभियोग लगाएको आरोप पनि लगाउनुभयो । उपनेता नेम्वाङले प्रधानन्यायाधिश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावलाई आफ्नो पार्टीले गम्भिर रुपमा लिएको टिप्पणी पनि गर्नुभयो ।

Published On:  391पटक हेरिएको

तपाईको प्रतिक्रिया