प्रधानन्यायाधीश शुसिला कार्कीमाथि महाअभियोग, इतिहासमै पहिलो घटना

काठमाडौं–सर्वोच्च अदालतका प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले महाअभियोगको प्रस्ताव दर्ता गरेका छन् ।

न्यायालयभित्र गुटबन्दी गरेको लगायतका कारणसहित महाअभियोग दर्ता गरिएको हो । नेपालको न्यायीक इतिहासमै पहिलोपटक बहालवाला प्रधानन्यायाधिशमाथि महाअभियोग दर्ता भएको यो पहिलो घटना हो । प्रहरी महानिरीक्षक नियुक्तिका बेला डिआइजीको कार्यक्षमता मूल्यांकनमा कीर्ते गरेर नवराज सिलवालको पक्षमा फैसला गरेको, न्यायालयभित्रै गुटबन्दी गरेको लगायतका अभियोग लगाई सर्वोच्च अदालतका कार्कीविरुद्ध आईतबार अपरान्ह ४ बजे संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएको हो ।

तपाईको प्रतिक्रिया