कोरियामा नेपाली युवाको मृत्यु

खोटाङ – दक्षिण कोरियामा एक नेपाली युवाको मृत्यु भएको छ । कोरियाबाट छिट्टै घर फर्कन लागेका एक नेपाली सुतेकै ठाउामा मृत फेला परेका छन् । वैशाख २९ गते स्वदेश फर्कन लागेका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका ३१ वर्षीय कल्याण राई सुतेकै ठाउँमा मृत फेला परेका हुन् । स्वदेश फर्कनका लागि टिकट काटेर तयार परेका राई बिहीबार कोरियाको खङजुस्थित अपार्टमेण्टमा सुतेकै अवस्थामा मृत फेला परेको आफन्तले बताएका छन् ।

५ वर्षअघि वैदेशिक रोजगारीका लिसिलामा दक्षिण कोरिया पुगेका राईको मृत्युको कारण खुल्न सकेको छैन् ।  कामबाट फर्केर अपार्टमेण्टमा सुतेका राईलाई बिहान पु:न काममा जानका लागि साथीहरुले उठाउन जाँदा उनी मृत भेटिएका थिए । मृतक राईका बुवाआमा, ४ जना दिदीबहिनी र एक जना भाइ छन् ।

तपाईको प्रतिक्रिया