उत्तर कोरीयालाई अमेरिकी चेतावनी

एजेन्सी– अमेरिकाले उत्तर कोरियाको परमाणु गतिविधिलाई लिएर उचित जवाफ दिने चेतावनी दिएको छ । सैन्य बल प्रयोग गरेर भए पनि उत्तर कोरियालाई निसस्त्रीकरण गरिछाड्ने अमेरिकाले चेतावनी दिएको हो । उत्तर कोरियाले कुनै पनि अवस्थामा क्षेप्यास्त्र परीक्षण गर्न सक्ने आशंकाबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको यस्तो चेतावनी आउनुले सर्वत्र चासो बढेको छ ।

समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताका क्रममा ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर कडा जवाफ दिने र गम्भीर समस्या समेत निम्तिने बताएका हुन् ।

उहाँले अमेरिका अझै पनि नीतिगत सामाधान चाहिरहेको भए पनि उत्तर कोरियाले आफ्ना गतिविध नरोक्नुले गम्भिर समस्या निम्तिने तर्फ संकेत गरेका हुन् ।

तपाईको प्रतिक्रिया