संरचना भए उच्च आर्थिक बृद्धि हुने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं–संरचना खडा भए नेपालमा उच्च र दीर्घकालीन आर्थिक बृद्धि हुने राष्ट्र बैंकको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले संरचनागत सुधार र लगानीमैत्री वातावरण बनाउन सके नेपालमा उच्च र दीगो आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले आफ्नो ६२ औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रम गरी चालू आर्थिक बर्षलाई आर्थिक पुनरुत्थान वर्षको रुपमा पनि चित्रण गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कृषि उत्पादनमा वृद्धि हुनु, उर्जा आपूर्तिमा सुधार आउनु, आन्तरिक तथा बाह्य लगानीको वातावरण बन्नु नेपालको उच्च तथा दीगो आर्थिक विकासको परिसूचक भएको स्पष्ट पार्नु भयो । उहााले उच्च आर्थिक वृद्धिदर हाासिल गर्नका लागि नेपालमा संरचनागत सुधार र लगानी मैत्री वातावरणको निर्माण गर्नुपर्ने सर्त पनि अघि सार्नुभयो ।

चालू आर्थिक वर्षमा ६ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर हाासिल गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले त्यसका लागि लगानी मैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

तपाईको प्रतिक्रिया