वान बेल्ट वान रोडको अवधारणा सरकारको प्राथमिकतामा छ : अर्थमन्त्री महरा

काठमाडौं–उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । अर्थमन्त्री महराले नेपालसहित दक्षिण एशीयाको आर्थिक विकासमा ‘वान बेल्ट वान रोड’को अवधारणाले महत्वपूर्ण योगदान दिने पनि स्पष्ट पार्नु भयो ।

शुक्रबार चीन अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘वान बेल्ट वान रोड र दक्षिण एशीया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहााले सबै मुलुकलाई जोड्ने गरी चीनले अघि सारेको अवधारणाबाट नेपाललाई ठूलो लाभ हुने पनि स्पष्ट पार्नु भयो । उहााले नेपाल दिगो आर्थिक विकासको बाटोमा अग्रसर भएको पनि बताउनुभयो ।

मुलुकको आर्थिक वृद्धिदर सकारात्मक दिशामा अघि बढेको उल्लेख गर्दै अर्थमन्त्री महराले सरकारले पूर्वाधार विकास, पर्यटन, उर्जा र कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्मरण गराउनु भयो ।

अर्थमन्त्री महराले सरकारले अहिले स्थानीय तहको निर्वाचन गरी संघीयता संस्थागत गर्न लागि परेको पनि उल्लेख गर्नु भयो । कार्यक्रममा नेपालका लागि चिनियाा राजदुत यू होङले ‘वान बेल्ट वान रोड’ को चिनियाा अवधारणाले आर्थिक विकास गर्ने दक्षिण एशीयाली राष्ट्रहरुको चाहनालाई महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया