जथाभावी बाटो काटे २ सय जरिवना

काठमाडौं–काठमाडौं उपत्यका भित्र जथाभावी बाटो काट्ने यात्रुलाई प्रहरीले कारवाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले जथाभावी बाटो काट्ने पैदल यात्रुलाई कार्वाही गर्ने भएको हो । महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक पार गर्ने पैदल यात्रुलाई शुक्रबारदेखि केहीबेर नियन्त्रणमा लिई २ सय रुपैयाा जरिवाना गर्ने चेतावनी दिनुभएको हो ।

काठमाडांैं उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै उहााले जेब्रा क्रसमा पैदल यात्रुले खुट्टा राख्ने बित्तिकै सवारी साधान नरोक्ने सवारी चालकलाई पनि कडा कार्वाही गर्ने चेतावनी दिनु भयो ।

महानगरीय ट्राफिक महाशाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न बैशाख १ गतेबाट सवारी साधानमा हर्न बजाउन रोक लगाएको थियो । सवारीको चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ शुक्रबारबाट पैदल यात्रु सुरक्षा कार्यक्रम संचालनमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया