अष्ट्रेलियामा विशाल डाइनोसरको पदचिह्न फेला

एजेन्सी– अस्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा विश्वकै ठूलो डाइनोसरको पदचिह्न फेला परेको छ । अनुसन्धानकर्ताहरूले उक्त पदचिह्न लामो घाँटी भएको हर्बिभोर नामक डाइनोसरको भएको बताएका छन् । उक्त चिह्न ५ फिट ९ इन्चको रहेको जनाइको छ । गत जुलाईमा कार्निभोरस डाइनोसरको भएको विश्वास गरिएको ३ फिट ९ इन्चको चिह्न बोलिभियामा फेला परेको थियो ।

युनिभर्सिटी अफ क्विन्सल्यान्डका प्राध्यापक स्टिभ सालिसबरीले उक्त विशाल पदचिह्न असाधारण भएकोमा कुनै शंका नभएको बताए । सालिसबरीले पदचिह्न उक्त स्थानमा फेला परेका अद्भूत चिजहरूको एक शृंखला भएको बताए । उनले पदचिह्न फेला परेको स्थानलाई ‘अस्ट्रेलियाको जुरासिक पार्क’ नाम दिएका छन् । डाम्पियर प्रायद्वीप क्षेत्रमा विभिन्न २१ वटा डाइनोसरका चिह्न फेला परेका छन् । उक्त पदचिह्न १४० मिलियन वर्ष पुरानो भएको बताइएको छ । सालिसबरीको टिमले उक्त क्षेत्रमा ५ वर्षदेखि अनुसन्धान गर्दै आएको छ ।

Published On:  502पटक हेरिएको

तपाईको प्रतिक्रिया