दिदी प्रियंकालाई पछयाउँदै परिणीति

मुम्बई– वजन अप्रत्यासित रूपमा घटाएर स्लिम–ट्रिम बनेकी परिणीति ‘किल दिल’ रिलिजको तीन वर्षपछि मात्रै ‘मेरी प्यारी बिन्दु’ मा नायिकाका रूपमा देखिदै छिन् । यसै वर्ष उनी ‘गोलमाल अगेन’ मा पनि देखिने भएकी छन् । पुन एक्टिङलाई सुचारु गरेकी परिणीतिले अब भने गायनमा पनि आफूलाई टेस्ट गरेकी छन् । ‘माना के हम यार नहीं…’ गीत रेकर्ड गर्दै उनी दिदीकै पाइला पछयाउँदै गायनमा आएकी छन् । बलिउडका दुई नायिका प्रियंका चोपडा र परिणीति चोपडा नाताले दिदीबहिनी हुन् ।

परिणीतिलाई बलिउडमा इन्ट्री गर्न दिदीले सक्दो सहयोग गरेकी पनि थिइन् । अझै पनि बहिनी नयाँ कदम चाल्नुअघि दिदीसँग सल्लाह लिइहाल्छिन् । त्यसो त प्रियंकाले यति बेला बलिउड हुँदै हलिउड सम्मको यात्रा तय गरिसकेकी छन् । गायिकाका रूपमा अमेरिका छिरेकी प्रियंकाले हलिउडमा पनिे स्थान बनाइसकेकी छन् । अब पालो यति बेला बहिनीको आएको छ ।

बहिनीको गीत सुनेपछि प्रियंकाले टिवटरमा खुसी साट्दै लेखेकी छन् । ‘तिमीमा गर्व छ, बेबी । तिम्रो डयाडी पनि गौरवान्वित हुनुहुनेछ जसरी म भएा ।’ दिदीको टीटको प्रत्युत्तरमा परिणीतिले पनि थपेकी छन् ‘धन्यवाद मिमी (दिदी) । म तपाईंकै पदचाप पछयाउन चाहन्छु । आ, पापा पनि खुसी नै हुनुभयो ।’ जवाफमा ‘मेरी प्यारी बिन्दु’ को–स्टार आयुष्मान खुरानाले पनि परिणीतिको सराहना गर्दै टिवटरमा लेखेका छन् ‘परिणीतिको आवाज बिलकुल मेरो उपन्यासकी हिरोइनको जस्तै रहेछ, सुमधुर र सेक्सी ।

Published On:  638पटक हेरिएको

तपाईको प्रतिक्रिया