बिप्लवको कार्यक्रममा प्रहरी हस्तक्षेप

चितवन– नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनको भरतपुरमा आयोजना गरेको चुनाव बिरोधी कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार अपरान्ह भरतपुरको चौबिसकोठीमा गरेको कार्यक्रममा स्थानीय निर्वाचन बहिष्कार गर्नेबारे भाषण सुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले हस्तक्षेप गरेपछिको दोहोरो मुठभेडमा चितवन अमृतनगरका कृष्णप्रसाद पौडेल घाइते भएका छन् । घाइते पौडेलको चितवन अस्पताल भरतपुरमा उपचार भैरहेको छ । प्रहरीले चुनाव बिरोधी सभा विथोलेपछि आक्रोशित कार्यकर्ताले भरतपुरको त्रिचोकमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीलाई लखेट्न गएका प्रहरी र प्रदर्शनकारीबीच त्रिचोकमा झडप हुादा केही बेर स्थिती तनावपूर्ण बनेको थियो ।

Published On:  466पटक हेरिएको

तपाईको प्रतिक्रिया