काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब आकाश खसेपनि चुनाव नरोकिने बताउनुभएको छ । विहीबार झापाको बिर्तामोडमा भएको पार्टीको भातृ संगठन वाईसील र अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री अब कुनैपनि हालतमा चुनाव नरोकिने बताउनुभएको हो ।
उहाँले सरकारले तोकिएकै मितिमा निर्वाचन गराएर छाड्ने दृढता व्यक्त गर्नु भयो । दाहालले निर्वाचन बिथोल्न खोज्ने शक्ति आफै समाप्त भएर जाने जिकीर पनि गर्नुभयो । प्रधानमन्त्री दाहालले जनताको घरदैलोमा पुगेर चुनाव प्रचार प्रचार अभियानमा जुटन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भयो ।