कैलाली । स्थानिय तहको निर्वाचन जति नजिकिदो छ उति नै चहलपहल बढन थालेको छ । झण्डै दुई दसकपछि अर्थात आगामी वैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनको माहौलले केन्द्र देखि जिल्ला सम्म ठूलो तरंग ल्याएको छ । विभिन्न समयका आन्दोलनले प्राप्त गरेका उपलब्धीले जनतामा खासै परिवर्तन नगर्दा राजनीतिक दलप्रति वितृष्ण बढी रहदा नजिकिएको चुनावले नागरिकहरु केहि हौसिएका छन् । सबैतिर आकांक्षी र आ–आफ्ना पार्टीको विजय निश्चित भन्दै त्यहि अनुसारको चुनावी अभियानलाई तिव्रता दिइरहेकाछन् ।
अन्य जिल्ला जसरी तातेको छ कैलाली जिल्लाको गौरीगंगा नगरपालिका मा पनि चुनावी माहौलले चर्चा पाइरहेको छ । यस नगरपालिकामा त्रिपक्षिय भिडन्त हुने देखिएको छ । गौरीगंगा नगरपालिकाको चुनावी चर्चामा मेयरमा नेपाली कांग्रेसबाट दिनेशराज जोशी, भोजबहादुर बम, फणी सापकोटा, शेरबहादुर देउबा र रामबहादुर कलेल आकाक्षी देखिएका छन् । त्यसैगरि नेकपा एमालेबाट वीरबहादुर मन्नी, भीम देउवा,र पदम सि सिंघाल आकाक्षी रुपमा चर्चामा आएका छन् । यसै गरि आहिले सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा देवी कँडेल र भोजराज सापकोटा मैदानमा आउन खोज्दैछन् ।
विशेष गरि यो क्षेत्र नेपाली काँग्रेसको गढको रुपमा लिइन्छ । तर पछिल्लो अवस्थामा यो नगरपालिकामा देखिएको आकांक्षी उम्मेदवारहरुलाई नियाल्ने हो भने स्थानिय चुनावमा त्रिपक्षिय भिडन्त हुने देखिएको छ । यसमा पनि नेपाली काँग्रेसका दिनेशराज जोशी, एमालेका वीरबहादुर मन्नी र माओवादी केन्द्रका देवी कँडेलबीच तिब्र प्रतिष्पर्धा हुने देखिन्छ । यी तिनै जना आ–आफ्ना पार्टीमा दरिलो पहिचान बनाएर स्थानिय तहको निर्वाचनमा आफ्नो पक्षमा मत पार्न कस्सिएका छन् । जसरी यो क्षेत्र काँगे्रसको किल्लाको रुपमा परिचत छ त्यसको कारण पनि नेपाली काँगे्रसका दिनेशराज जोशीलाई आफ्नो पक्षमा मत बढाउन जति सजिलो छ त्यतिनै आफ्नो पार्टीको साख जोगाउन चुनौति पनि देखिन्छ । किनकी पछिल्लो समयमा नेकपा एमालेमा जन लहर बढ्दै गएको देखिएकोलाई पनि कसैले नर्कान मिल्दैन ।
त्यसैगरि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि २०६४ को चुनावलाई दोहोर्याउने दाउमा लागेको छ । नेपाली काँग्रेसमा आफनो पार्टीमा खेलेको भूमिका र संगठन विस्तारमा स्थानिय संगको साझेदारमा आफ्नो भूमिका फरक भएको दावी छ दिनेशराज जोशीको । तर चुनावी मिठो नाराले केहि नहुने कुरा आम जनताले बुझिसकेका छन् । तसर्थ बोलीमा भन्दा व्यवहारमा जनताले यतिखेर आश गरेका छन् । त्यसैले स्थानीयको कुरालाई आफ्नो पहिलो प्राथमिकतामा राखी सत्यकर्मको ढोका खोल्नका लागि कस्तो रुपमा देखिनेछन् राजनीतिक दलका प्रतिनिधीहरु त्यो हेर्न बाँकी नै छ ।