चुनााव गरेर देखाउन राजेन्द्र महतोको चुनौती

काठमाडौं– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनाव गरेर देखाउन सरकारलाई चुनौति दिनुभएको छ । अध्यक्ष महताले मधेशमा चुनाव गरेर देखाउन चुनौती दिनुभएको हो ।

महत्तोले तीन ठूला दलले संविधान जोगाउन नसक्ने चेतावनी समेत दिनुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहााले जबरजस्ती मधेशमा चुनाव गराउन खोजे द्वन्द्व बढ्ने, विद्रोह हुने र अन्तत: मुलुकलाई हित नगर्ने भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष महतोले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनाव गराउने हो भने खुला दिलले आउन पनि आग्रह गर्नु भयो । उहााले प्रधानमन्त्री दाहालले समस्या समाधान गर्ने नाममा आफूहरुमाथि बेइमानी मात्रै गरेको पनि दोहोर्‍याउनु भयो ।

तपाईको प्रतिक्रिया