प्रथम महर्षि कराते प्रतियोगितामा सिफल कराते डो प्रतिष्ठान (क्लब) तेस्रो च्याम्पियन

काठमाडौं–प्रथम महर्षि विद्यालय स्तरीय कराते प्रतियोगितामा सिफल कराते डो एकेडेमी क्लब तेस्रो च्याम्पियन बन्न सफल भएको छ । सिफल कराते डो एकेडेमी/ क्लबबाट सहभागी भएका साजन श्रेष्ठले २५ केजी तौल समूहमा स्वर्ण पदक र राजजिङ प्लेयर, ३० केजी तौल समूहमा मनिष्का श्रेष्ठले स्वर्ण पदक, ३५ केजी तौल समूहमा कृष्ण तमाङले स्वर्ण पदक जित्न सफल भएका हुन् ।

त्यस्तै, ३५ केजी तौल समूहमा अन्जु लामा र युबन मर्हजनले रजत पदक प्राप्त गरे । त्यसैगरी, ४० केजी तौल समूहमा जस्टिना किराती राईले रजत, खुल्ला तौल समूहमा कविता पहारीले रजत पदक प्राप्त गरेका हुन् । प्रतियोगितामा २५ केजी तौल समूहमा बसन्त योगीले कास्य पदक प्राप्त गरे ।

 

तपाईको प्रतिक्रिया