मधेशी मोर्चालाई सहमतिमा ल्याउने प्रधानमन्त्री दाहालको प्रयास

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरुसँग चैत २० गतेभित्र संविधान संशोधनको पूरक प्रस्ताव संसदमा दर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सत्तापक्षीय दल र मोर्चाबीच शुक्रबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै मोआवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले सीमाङकनलाई थाति राख्दै भाषा, नागरिकता, राष्ट्रिय सभाको गठन, धारा २७४ सहित ५ ओटा विषयमा पूरक संशोधन प्रस्ताव दर्ता गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले मोर्चासँग जनाएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले बोलाएको उक्त बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष कमल थापा अनुपस्थित रहेपछि बैठक ठोस निष्कर्षमा पुग्न प्रवक्ता भुषालको भनाइ थियो । बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका विषयमा समेत छलफल भएको थियो । यसअघि नै प्रस्तुत भएको संविधान संशोधनमा सीमाकंनको विषयपछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्ने प्रस्तावलाई प्रधानमन्त्रीले पु:न प्रस्तुत गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया