राप्रपा छाडेका लोहनीले नयाँ पार्टी खोले

काठमाडौं– केही समय अघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी खोल्नु भएको छ । राप्रपा पूर्वनेता डा. प्रकाशचन्द्र लोहनी, केशरबहादुर बिष्ट, गणेश शेरचनलगायत नेताले बुधबार निर्वाचन आयोगमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) दल दर्ताका लागि निवेदन दिएका छन् ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि लोहनीले पत्रकार सम्मेलन गरी नयाँ दल दर्ता गराएको बताउनुभयो ।  नयाँ दलले हिन्दु राष्ट्र र राजसंस्थालाई प्रमुख अजेन्डा मानेको छ । नयाँ दलको केन्द्रीय समिति ७१ सदस्यीय तोकिएको छ । लोहनी अध्यक्ष रहेको सो पार्टीमा बिष्ट वरिष्ठ नेता र शेरचन वरिष्ठ उपाध्यक्ष रहेका छन् ।

पार्टीका केन्द्रीय सदस्य महेश्वर रोकाले राप्रपाबाट अरू धेरै नेताले आउने चाहना देखाएकाले महासचिव पद खाली राखिएको बताइएको छ ।

Published On:  451पटक हेरिएको

तपाईको प्रतिक्रिया