नेपाल बङ्गलादेशसँग पनि पराजित

काठमाडौं– एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालले बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । यो हारसागै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । घरेलु टोली बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १७४ रन जोड्दा अलआउट भयो । नेपालको सुरुवात निकै खराब रहन गयो ।

१६ रन जोड्दा सुरुवाति ३ विकेट गुमाएको थियो । दोस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र १ रन थियो । अर्का ओपनर सुनिल धमला मात्र १ रनमा आउट भए भने आसिफ शेख पनि मात्र १२ रन बनाएर पभेलियन फर्किएका थिए ।

Published On:  590पटक हेरिएको

तपाईको प्रतिक्रिया