काठमाडौं– भारत नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि भैरहवासम्म पाइपलाइन निर्माण गरिदिन सहमत भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सोमबार नयाँदिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोबार सम्झौता भएको हो ।
भारतले पेट्रोलियम पदार्थसहित खाना पकाउने एलपिजी ग्यास आपूर्ति गर्दै आएको छ । नयाँ सहमति कार्यान्वयन भए खाना पकाउन एलपिजीको विकल्प प्राकृतिक ग्यास प्रयोग गर्न सकिनेछ जुन तुलनात्मक रुपले सस्तो पर्नेछ ।
भारतले अहिले निर्माण गर्न लागिएको रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनसागसँगै एलपिजी ग्यासको पाइपलाइनसमेत बनाउन सहमति जनाएको छ । पेट्रोलियम पाइपलाइन चितवनसम्म ल्याउन सघाउने पनि भारतीय पक्षको प्रतिबद्धता छ ।