माओवादी केन्द्र स्थानीय निकायको चुनाव तयारीमा लाग्यो

काठमाडौं– सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र स्थानीय तहको चुनावका लागि जुटेको छ । वैशाख ३१ गते हुन लागेको चुनावमा सत्तारूढ माओवादी केन्द्रले आन्तरिक तयारी तीव्र पारेको हो ।
माओवादी केन्द्रले देव गुरुङको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमण जानु अघिल्लो दिन प्रतिवेदन बुझाएर समितिले तल्लो कमिटीलाई पनि परिपत्र समेत जारी गरिसकेको छ । माओवादीले स्थानीय तहको निर्वाचनका लागि कतिपय स्थानमा उम्मेदवार घोषणा पनि गरिसकेको छ ।

Published On:  444पटक हेरिएको

तपाईको प्रतिक्रिया