चुनावका लागि चीनले नेपाललाई १४ करोड सहयोग गर्ने

काठमाडौं–स्थानीय निकायको चुनावको लागि चीनले नेपाललाई १४ करोड सहयोग गर्ने भएको छ । चीनले सरकारले नेपाललाई ९ मिलियन आरएमबी सहयोग गर्ने भएको हो ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङसाग भेट बार्ताका क्रममा सीले नेपालमा निर्वाचन घोषणा भएकोमा खुशी व्यक्त गर्दै यसको सफलताका लागि ९ मिलियन आरएमबी (करिव १४ करोड नेपाली रुपैयाँ ) सहयोग गर्ने भएको हो ।

चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउँसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्री दाहालको वेब साइटमा उल्लेख छ ।

Published On:  459पटक हेरिएको

तपाईको प्रतिक्रिया