प्युठान जीप दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं– स्वर्गद्घारी तिर्थयात्राका लागि काठमाडौदेखि छुटेको बा ८ च १५६१ नम्बरको स्कारपियो जिप प्यूठानको भिंग्रि ६ रुमालेमा दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यू भएको छ । स्वर्गद्घारी तिर्थयात्राका लागि ललितपुर सातदोबाटोबाट गएको स्कारपियो गाडी स्वर्गद्घारी आश्रम पुग्न तिन किलोमिटर बााकी रहेको दुरीमा दुर्घटना हुादा गाडी सडकदेखी करीब २ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परि मृत्यू हुनेमा ललितपुर नगरपालीका १४ तिखेदेवलका दिनेश बस्नेत उनका छोरीहरु दिक्षा, पद्मा र दिया रहेका छन् । त्यस्तै सोहि ठाउाका सुनिता श्रेष्ठ र दृष्टी खत्रीको पनि घटनास्थलमै मृत्यू भएको प्यूठानका प्रहरी प्रमुख रंजितसिंह राठौरले जानकारी दिए । घटनामा ललितपुर गोटिखेल २ निवासी २१ वर्षीय चालक सरोज घले तथा सुशिला बराल र अमृता गजुरेलको स्थानीय प्राथमिक स्वास्थ्य चौकी भिंग्रीमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

Published On:  639पटक हेरिएको

तपाईको प्रतिक्रिया