स्वास्थ्य मन्त्री थापा द्वारा स्वास्थ्य शिबिरको निरिक्षण

रौतहट–रौतहटको सदरमुकाम गौरमा संचालित स्वास्थ्य शिबिरको स्वास्थ्यमन्त्री गगन थापाले निरीक्षण गर्नुभएको छ । शुक्रबार गौर पुग्नुभएका मन्त्री थापासाग जिल्ला अस्पताल गौरबाट सेबा प्रभाबकारी हुन नसकेका कारण शिबिरमा उपचार गराउनेको संख्या बढेको गुनासो गरेका थिए ।

मन्त्री थापाले शिबिरमा औषधी र सामग्रीको अभाब हुन नदिने भन्दै अस्पतालको सुदृढिकरणको लागि आवश्यक सामग्रीको तथ्याक माग गरिसकेको र यसै आर्थीक बर्षमा सबै अस्पतालमा पुर्‍याउने बताउनुभयो । स्वास्थ्य मन्त्रालय र नेपाली शेनाको संयुक्त आयोजनामा गत ८ गते देखि निशुल्क सघन स्वास्थ्य शिबिर संचालन भएको हो । शिबिरमा शुक्रबारसम्म ४ हजारभन्दा बढिको निशुल्क उपचार भएको छ । शिविरमा ७० जनाभन्दा बढिको सघन सल्यक्रिया गरिएको छ ।

तपाईको प्रतिक्रिया