तातोपानी नाका खोल्ने चीनको संकेत

चीनले तातोपानी भन्सार नाका खुलाउने संकेत दिएको छ । चिनियाा रक्षामन्त्री चान वानक्वानले उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिसाग भेट गरी तातोपानी भन्सार नाका खुलाउने संकेत दिनु भएको हो । सिंहदरबारमा शुक्रबार भएको भेटमा रक्षामन्त्री चानले अरनिको राजमार्ग विस्तारको कामलाई पनि चीन सरकारले उच्च प्राथमिकता दिएको स्मरण गराउनु भएको थियो ।

 गृह मन्त्री निधिले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नु भएको थियो । दुई देशबीचको सम्बन्ध अझै सुमधुर बनाउने विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीेले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया