पिटर बड नेपालका लागि अष्ट्रेलियन राजदूतमा नियुक्त

काठमाडौं–नेपालका लागि अष्ट्रेलियन राजदूतमा पिटर बड नियुक्त भएका छन् । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएकी हुन् । हालका राजदूत ग्लेन ह्वाइटको कार्यकाल सकिनुभन्दा ९ महिना अघि नै पिटर बडलाई नेपालका लागि नयाँ राजदूत तोकिएको हो । नवनियुक्त राजदूत पिटरले यसअघि बग्दाद, प्रिटोरिया र पोर्ट भिल्लामा काम गरिसकेका छन् । उनले क्यानबेरामा समेत उच्च कुटनीतिक पदमा रहेर काम गरिसकेका छन् ।

उनले फिजीको टास्कफोर्समा प्यासिफिक रिजनल सेक्सनको डाइरेक्टरको रुपमा पनि काम गरिसकेका छन् । पिटरले मेलवर्न विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।

तपाईको प्रतिक्रिया