थ्रेसहोल्डको विरोधमा साना दल, नहटाए संसद अवरोध गर्ने चेतावनी

काठमाडौं–संसदमा प्रतिनिधित्व गर्ने साना १९ दलले ३ प्रतिशत थ्रेस होल्ड राख्ने राजनीतिक दलसम्बन्धि विधेयको विरोध गरेका छन् । साना दलका सांसदहरुले ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्था संविधान, कानुन र समावेशी लोकतान्त्रिक शासन व्यवस्था विरुद्ध रहेको उल्लेख गर्दै त्यसमा पुनर्विचार नगरे संसद बहिष्कार गर्ने चेतावनी समेत दिएका छन्  ।

समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने र प्रत्यक्षतर्फ एक जना सांसद नभएको पार्टीलाई राष्ट्रिय दलको मान्यता नदिने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धि विधेयक विरुद्ध साना दल खनिएका हुन । व्यवस्थापिका संसदको बुधबारको बैठकमा साना दलका नेताहरुले थ्रेस होल्ड राख्ने व्यवस्था नहटाए संसद बहिष्कार गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । उनीहरुले विधेयकले दलमाथिको प्रतिवन्ध लगाउने नियत राखेको आरोप समेत लगाएका छन् ।

संसद बैठकमा विशेष समय लिएर बोल्दै नेकपा मालेका महासचिव सिपी मैनालीले थ्रेस होल्ड राख्ने व्यवस्था कहिाकतै नभएको भन्दै आपत्ति जनाउनु भयो । उहााले थ्रेसहोल्ड संविधानको भावना विपरित आएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न सभामुख समक्ष आग्रह गर्नुभयो ।

Published On:  416पटक हेरिएको

तपाईको प्रतिक्रिया