उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको अमेरिकाको दाबि

एजेन्सी–अमेरिकाले उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परिक्षण असफल दाबी गरेको छ । उत्तर कोरियाको पूर्वी शहर वनशनको कल्मा हवाइक्षेत्रबाट प्रक्षेपण गरिएको केहि सेकेण्डमै ध्वस्त भएको अमेरिकी प्यासिफिक कमाण्डले जनाएको छ ।

प्रक्षेपण गरिएको केहि समयमै उत्तर कोरियाली क्षेप्यास्त्र ध्वस्त भएका कारण दक्षिण कोरियाली रडारले भने क्षेप्यास्त्र पत्ता लगाउन नसकेको दक्षिण कोरियाको सरकारी सञ्चार माध्यम योन्हापले जनाएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तरको असफल क्षेप्यास्त्र परिक्षण बारे आवश्यक विश्लेषण गरिरहेका कारण तत्कालै प्रतिक्रिया दिन नसक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया