धूलोबाट जोगाउन युवाहरूले सालिकलाई मास्क लगाइदिए

महेन्द्रराज सिंह, काठमाडौं । राजधानीको चावहिलस्थीत पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूर्षण रोक्न सचेतना अभियान थालेकाछन् । यसअघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले ‘सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं !’ भन्ने नाराका साथ शनिवार राजधानीस्थीत सवै शालिक तथा मूर्तिहरुको सफाई गर्दै मास्क लगाएका थिए भने ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क पनि वितरण गरे ।

उनीहरुले सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतन, सहिदगेटका चार सहिदका शालिक, त्रिपुरेश्वर स्थित त्रिभूवन, पासाङल्हामु, राजाहरुको शालिकमा उनीहरुले सरसफाई गरी मास्क पहिराउने काम गरेका छन् ।

तपाईको प्रतिक्रिया