सूचना तथा संञ्चारमन्त्री सुरेन्द्र कार्कीले सम्पूर्ण विकास प्रक्रियालाई सूचना प्रविधिमा जोड्नुपर्ने बताउनुभएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा आइतबार आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन टेलिकम र राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको एकता घोषणा सभालाई सम्बोधन गर्दे मन्त्री कार्कीले प्रविधिलाई पैसा कमाउने मात्रै नभई विकासका सबै प्रक्रियासंग जोडेर लैजानुपर्ने बताउनुभएको हो । सूचना प्रविधिलाई स्वास्थ्य, शिक्षा, जलवायु संबैसंग जोडेर अघि बढ्नुपर्नेमा उहााले जोड दिनुभयो ।
दूरसंञ्चार प्राधिकरणले आफूलाई बलियो बनाउने, लगानी विस्तार गर्ने तथा अर्थोपार्जन र प्रविधिमा एक साथ अघि बढ्ने समय आएको पनि मन्त्री कार्कीले उल्लेख गर्नुभयो । कर्मचारीको समर्थन र सहकार्य तथा योगदान विना कुनै पनि संस्था संस्थागत रुपमा बलियो हुन नसक्ने भन्दै उहााले दुई संगठनबीचको एकताको प्रशंसा गर्नुभयो ।
एकिकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच एकता भई माओवादी केन्द्र बनेपछि नेपाल टेलिकममा भएका कर्मचारी संगठनबीच पनि एकता भएको हो ।