हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने तीन दिने अभियान सुरु

काठमाडौं–देशका २५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने तीन दिने अभियान सुरु भएको छ । हात्तिपाईलेको जोखीम रहेका तराईका बाँके बर्दियामा पनि हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाइएको छ । बाँकेमा प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले हात्तिपाइले रोग बिरुद्धको औषधी खाएर अभियानको उदघाटन गर्नुभयो ।

नेपालगन्जको महेन्द्रपार्कमा प्रमुख जिल्ला अधिकारीसँगै प्रहरी प्रमुख बिरेन्द्र बस्याल, हिन्दु धर्मगुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना जब्वारले एकै साथ हात्तिपाइले रोग बिरुद्धको औषधी खाएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार यो सातौँ चरणको कार्यक्रम हो । बाँकेमा ५ लाख २३ हजार ९८ जनालाई औषधी खुवाउने लक्ष्य राखीएको छ । त्यसको लागि २ हजार ३ सय बढि स्वास्थ्य स्वयम् सेवकहरु र ३ सय ४६ जना स्वास्थ्यकर्मि परिचालन गरिएको छ ।

दुई वर्ष नपुगेका बालबालिका, गर्भवति र ७ दिन सम्मका सुत्केरी आमाहरुले यो औषधी नखान कार्यालयले बताएको छ । यस्तै सिकिस्त विरामीहरु दैनिक क्रियाकपाल गर्न नसक्ने, ओछ्यानमा परेको, कलेजो, मृगौला, फोक्सोको दिर्घ रोगीहरुले औषधी सेवन गर्न नहुने जिल्ला जनस्वास्थ्य कार्यालय बाकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया