काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ताका लागि समय मिलेपछि दाहालको भ्रमण बेइजिङबाट सुरु हुने भएको छ । प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा बेला चिनियाँ प्रधानमन्त्री ली खस्याङसँग भेटवार्ता गर्नुहुनेछ ।
आउँदो साता चीनको हेनान प्राप्तको बोआओमा सुरु हुने बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा आएपछि प्रधानमन्त्री दाहालले चीन भ्रमणको तयारी गर्नुभएको थियो । चिनियाँ राष्ट्रपतिसँग भेटघाटको समय तय हुन नसक्दा यसअघि दाहाल सीधै बोआओ जाने कि बेइजिङ भन्ने टुंगो लागेको थिएन । चिनियाँ राष्ट्रपतिसँग भेटघाटको समय मिलेपछि भ्रमण बेइजिङबाट सुरु हुने भएको छ ।