पोखरा– पोखरा विश्वमा घुम्नैपर्ने ठाउँको सूचीमा परेको छ । सन् २०१७ मा घुम्नैपर्ने स्थानमध्ये नेपालको पोखरा उत्कृष्ट १० भित्र मा पर्न सफल भएको छ । विश्व चर्चित अनलाइन नेशनल जियोग्राफिकले प्रकाशित गरेको बेस्ट स्प्रिङ ट्रिपमा नेपालको पोखरा तेस्रो स्थानमा पर्न सफल भएको हो ।
नेशनल जियोग्राफिकमा म्यारिलेन केनेडी डकेटद्वारा लेखिएको लेखमा पश्चिमको अमेरिकादेखि पूर्वको हिमालय देश नेपालसम्मलाई वसन्त ऋतुमा बेस्ट ट्रिपमा राखिएको छ जसमा पोखरा तेस्रो नम्बरमा परेको हो ।
पोखरामा देखिने हिमाली छायाँको चर्चा यो अनलाइन साइटले गरेको छ । पोखराबाट देखिने अन्नपूर्ण हिमाल, साराङ्गकोटबाट गरिएको प्याराग्लाइडिङ, धौलागिरी हिमाल र अनुपम कला संस्कृतिको अवलकोनका लागि नेपाल एक पटक पुग्ने पर्ने गन्तब्य उल्लेख छ ।