काठमाडौंमा विहीबारदेखि नेपाल छैटौं अन्तराष्ट्रिय व्यापार मेला शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले नेपालमा पुर्वाधार सम्पन्न अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहााले राजनीतिक स्थिरता, एकता र निजी सार्वजनिक सहकार्यको सकारात्मक वातावरण बनाउने विषयमा पनि सरकार दृढ रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री दाहालले नेपालबाट उत्पादन हुने तुलनात्मक लाभका वस्तुहरुको विश्व बजारमा प्रवद्र्धन गर्न मेलाले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा रहेको श्रोत साधनको प्राचुर्यता र लगानी सम्भाव्यताका साथै नयाा बस्तु उत्पादन विस्तार, रोजगारी सृजना, मुलुकको निर्यात वृद्धि र नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रवद्र्वनमा समेत मेलाले सहयोग पुरयाउने आशा व्यक्त गर्नुभयो ।