अपाङ्गमैत्री परीक्षा केन्द्र नहुँदा विद्याथी समस्यामा

बाग्लुङ–अपाङमैत्री परीक्षा केन्द्र नहुँदा बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी बिद्यार्थी समस्या भोग्नु परेको छ । अपाङमैत्री परीक्षा केन्द्रको व्यवस्था नहुदा शारीरिक रुपमा अशक्क्त बिद्यार्थीहरुलाई परिक्षामा सहभागी हुन कठिनाई परेको छ ।

जिल्लामा ३१ वटा परीक्षा केन्द्र तोकिएपनि एउटा पनि केन्द्र अपाङमैत्री रहेका छैनन । जिल्लामा यस बर्षको एसईई परिक्षामा २ जना शारीरिक अपाङगता भएका,५ जना दृष्टिबिहीन र १८ जना बहिरा बिद्यार्थीहरुले सहभागी जनाएका छन । बागलुङको बिद्यामन्दिर उमावि परिक्षा केन्द्रमा दुई वटा खुट्टा र एक हात नभएकी छात्रा गिता मल्ल र हिडडुल गर्न नसक्ने अर्का छात्र गणेश बस्नेतले परिक्षा दिनुभएको छ ।

अपाङमैत्री परीक्षा केन्द्र नहुदा परीक्षा हलमा जान,बस्नुका साथै शौचालय पुग्न निकै कठिनाई भएको उनीहरुले बताएका छन ।

बाग्लुङमा यस बर्षको एसईईमा १८ जना बहिरा बिद्यार्थीले कम्प्युटर इन्जिनियरिङ, ४९ जनाले सिभिल इन्जिनियरिङ, २२ जनाले कृषि र २२ जनाले कम्प्यूटर इन्जिनियरिङ बिषयमा प्राविधिक तर्फ परीक्षा दिएका छन ।

तपाईको प्रतिक्रिया