एनसेल प्रकरणमा प्रधानमन्त्रीको चासो छ : अर्थमन्त्री महरा

काठमाडौं–अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलले लाभकर नतिरी उन्मुक्ति दिने विषयमा आफूले भन्दा बढी प्रधानमन्त्रीले चासो राखेको जिकिर गर्नुभएको छ । एनसेललाई लाभकर उन्मुक्ति दिन सरकारी प्रयास भएको बारे छलफल गर्न र समितिले दिएको निर्देशन पालना भए नभएको बारे बुझ्न अर्थमन्त्री सहित सरकारी अधिकारीलाई बिहीबारको लेखा समितिको बैठकमा बोलाइएको थियो ।

समितिमा जवाफ दिंदै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधन गरेर लिखित निवेदन आएको र त्यस विषयमा छलफल भएको बताउनुभयो । उहाँले यस विषयमा आफू संलग्न नभएको बताउनुभयो । 
Published On:  659पटक हेरिएको

तपाईको प्रतिक्रिया