संविधान संसोधन हुने सम्भावना छैन : माओवादी नेना रायमाझी

सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संविधान संशोधन हुने सम्भावना नरहेको दाबि गर्नुभएको छ । उपनेता रायमाझीले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसागै संविधान संशोधन हुने सम्भावना नरहेको बताउनुभएको हो । काठमाडौंमा विहीबार भएको साक्षात्कारमा उहााले संविधान संशोधन प्रस्तावको विपक्षमा आफूले लिएको अडान सही सावित भएको दावी समेत गर्नु भयो ।

 

नेता रायमाझीले निर्वाचन नरोकिने पनि स्पष्ट पार्नु भयो । उहााले संविधान संशोधन प्रस्ताव अघि बढ्ने अवस्था नरहेकाले अब मुलुक निर्वाचनमय भएको तर्क पनि गर्नु भयो । कार्यक्रममा प्रमुख प्रतिपक्षी एमालेका नेता प्रकाश ज्वालाले मधेशी मोर्चाले निर्वाचन हुन नदिने अनेक षडयन्त्र गरिरहेको आरोप लगाउनु भयो । उहाले मोर्चाले संविधान संशोधन प्रस्ताव आफूहरुले भने जस्तै गरी पारित गर्नुपर्ने अडान राखेर मुलुकलाई द्वन्द्वमा  फसाउन खोजेको आरोप पनि लगाउनुभयो ।

Published On:  395पटक हेरिएको

तपाईको प्रतिक्रिया