काठमाडौं–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भौगोलिक अखण्डता, स्वतन्त्रताका विषयमा कसैसँग सम्झौता नहुने बताउनुभएको छ । एमालेले सञ्चालन गरिरहेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज धनगढीमा भएको सभामा अध्यक्ष ओलीले भाषा, भूगोल वा जातिका नाममा हुने कुनै पनि प्रकारका विखण्डन स्वीकार्न नसकिने बताउनुभयो ।
निर्वाचन र संविधान संशोधनको कुनै सम्बन्ध नरहेको उहााले बताउनुभयो । संशोधन पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको
सिलसिला भएको उहांको दाबी थियो । अध्यक्ष ओलीले देश विकासका लागि समृद्धिको अभियानमा लाग्नुपर्ने बताउनुभयो ।