चुनाव नभए तत्काल राप्रपाले सरकार छाड्छ : कमल थापा

काठमाडौं–उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले यथास्थितीमै संसोधन अघि बढे वा चुनाव नहुने स्थिती आए राप्रपाले तत्काल सरकार छाड्ने बताउनुभएको छ । काठमाडौमा सोमबार भएको कार्यक्रममा मन्त्री थापाले चुनाव गर्नकै लागि आफू सरकारमा गएको भन्दै चुनाव नहुने वातावरण नभए तत्काल सरकारबाट फिर्ता हुने बताउनुभएको हो । उहाँले यथास्थितीमा संसोधन निर्णयार्थ पेश गरिए समेत सरकारबाट फिर्ता हुने बताउनुभयो ।

सकारमा सहभागी हुँदा समेत संसोधन अघि नबढाउने सर्तमा सरकारमा गएको भन्दै मन्त्री थापाले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सरकार लागिपरेको दाबी गर्नुभयो । कार्यक्रममा मन्त्री थापाले चुनाव हुने वातावरण बन्दै गएको र त्यसको तयारीस्वरुप मन्त्रालयले कर्मचारीको व्यवस्थापनको काम समेत शुरु गरेको बताउनुभयो । फरक प्रसंगमा मन्त्री थापाले वरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गर्नु आत्मघाती हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया