केन्या विरूद्धको दास्रो खेलमा नेपालको सानदार जीत

काठमाडौं–आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपाल सानदार जीत हात पारेको छ । केन्याले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ६४ रनको योगदान दिए दीपेन्द्र सिंह ऐरीले ६२ रन बनाएका थिए । ६६ बलको सामना गरेका ऐरीले ८ चौका र एक छक्का प्रहार गरेका थिए ।

यस्तै, ऐरी पछि आएका सरद भेसवाकरले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा २४ रन बनाएका थिए ।

नटआउट रहेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

Published On:  800पटक हेरिएको

तपाईको प्रतिक्रिया