नेपाल आमाका वीर सपुत गौविन्द गौतमको उच्च सम्मान सहित अन्त्येष्टी

काठमाडौं–नेपालका आमाका वीर सपुत गोविन्द गौतमको आइतबार अन्त्येष्टी गरिएको छ । भारतीय सुरक्षाफौजको गोली लागेर मारिएका सहिद गोविन्द गौतमको उच्च सम्मान कञ्चनपुरको दोदा नदी किनारामा अन्त्येष्टि गरिएको हो । सरकारले गोविन्दलाई सहिद घोषणा गरेर उच्च सम्मानका साथ अन्तेष्टी गरेको हो ।

प्रहरीको शोक धुनपछि ११ जना प्रहरीको एक टुकडीले सलामी दिएका थिए । यसअघि सरकारले उच्च सम्मानका साथ अन्तेष्टी गर्ने भनेपनि ब्यवहारमा त्यसो नभएको भन्दै धनगढीमा स्थानीयले विरोध प्रर्दशन गरेका थिए ।

उनीहरुले धनगढीमा चर्काे नारावाजी सहित बजार बन्द गराएका थिए । बिहानै सेती अंचल अस्पतालवाट सहिद गोविन्दको सम्मानका साथ शवयात्रा गर्ने भनिए पनि दिउसोमात्रै शवयात्रा निकालिएको थियो । शवयात्रामा हजारौको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया