एमाले कारण सप्तरी घटना भएको मधेशी नेताहरुको आरोप

काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध दलका नेताहरूले नेकपा एमालेका कारण सप्तरी घटना भएको आरोप लगाएका छन् । मधेसी मोर्चाका शीर्ष नेताहरूले नेकपा एमालेको हठका कारण सप्तरीको मलेठ घटना भएको दाबी गरेका हुन् ।

सप्तरीमा आज छुट्टाटछु्ट्टै पत्रकार सम्मेलन गरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतोले यस्तो आरोप लगाउनुभयो । दुबैले कञ्चनपुरमा भएको घट्नाको पनि अबिलम्ब छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

संघीय प्रेस फोरमले गरेको पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले सप्तरी र कंचनपुरमा भएको घटनापछि सरकारले जनताको सुरक्षा गर्न नसकेको पुष्टि भएको वताउँदै यस विषयमा जनताले सरकारको जवाफ खोजीरहेको वताउनुभयो । सप्तरी वा मलेठका जनता मात्र नभई सिंगो मधेशी जनतामाथिको प्रहार भएको भन्दै समयमा यसको जवाफ पनि मिल्ने प्रतिक्रिया दिन्ुभयो ।

सप्तरीमैं भएको पत्रकार सम्मेलनमा सद्भावना अध्यक्ष राजेन्द्र महतोले एमालेले मधेशीको ताजा घाउमा नून छर्केर सप्तरी घट्ना गराएको महतोले आरोप लगाउनुभयो । आन्दोलन केहि दिनमै पुन: सुचारु हुने पनि उहांले वताउनुभयो । अवको आन्दोलन विगतको भन्दा कठोर हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया