संविधान शंसोधन प्रस्ताव पारित हुन नदिने ओलीको दाबि

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले संविधान संसोधनको प्रस्ताव कुनैपनि हालतमा पारित हुन नदिने दाबि गर्नुभएको छ । पार्टीको मेची महाकाली अभियान अन्तर्गत आज भैरहवामा भएको आमसभामा उहााले जालझेलको राजनितिबाट मुलुकलाई मुक्त गर्न सकेमात्र शान्ति र समृद्धीको ढोका खुल्ने बताउनुभयो ।

संबिधान संसोधनको बिषय अघि सारेर निर्वाचनलाई अन्यौलता तर्फ धकेल्न खोजेको आरोप उहााको थियो । सभामा एमाले वरिष्ठ नेता झलनाथ खनाल, पुर्व महासचिव माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल लगाएतले संबिधानमा सबैको अधिकार समाबेश भएको उल्लेख गर्दै अधिकारको संरक्षणका लागि कार्यान्वयनमा जानुपर्ने बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया