जाजरकोट बस दुर्घटनाका ८ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौ–जाजरकोट बस दुर्घटनाका ८ जना घाईतेलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । भेरी अञ्चल अस्पताल र नेपालगंज मेडिकल कलेज उपचार गराई रहेका २२ जना मध्ये ८ जनालाई काठमाडौ ल्याइएको हो ।

रिफर गरिएका घाईतेहरुमा भेरी नगरपालिका १३ का प्रताव गिरी, ११ का सन्तोष मल्ल, १३ का सुजन गिरी, १३ का टेकबहादुर बटाला, ११ मटेलाकी ५ बर्षेया बालिका पुनम सुनार, १ की हरिमाया परियार, काकीृगाउ ७ का प्रसाद नेपाली र दशेरा ३ का सुरेन्द्र थापाको नेपालगंजमा उपचार हुन नसकेपछि काठमान्डौं ल्याएको सभासद राजीव विक्रम शाहले जानकारी दिनुभयो ।

घाइते २२ जना मध्ये उपचारको क्रममा नेपालगंज मेडिकल कलेजमा भेरी नगरपालिका १३ कुदु जाजरकोटका रामबहादुर गन्दर्बको गए राति मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

Published On:  635पटक हेरिएको

तपाईको प्रतिक्रिया